चैत २२
नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको कडा आलोचना गरेका छन् । ओलीले जालझेलले नवौं महाधिवेशनमा जितेको दावी गर्दै फुर्ती नलगाउन चेतावनी दिए ।
‘महाधिवेशनमा जालझेलले जितेको मान्छेले फुर्ती लगाउन मिल्दैन । अधिवेशनबाट निर्वाचित भएका जिल्ला अध्यक्षलाई फालेर ओलीले कमाउवादलाई प्रश्रय दिँदैछन् । ओलीको बुझाइमा मार्क्सवाद मुक्ति होइन कमाउवाद हो’, आइतबार आफू निकट काठमाडौं जिल्लाको समानान्तर कमिटीलाई घोषणा गर्दै उनले भने ।
नेपालले नवौँ महाधिवेशनले पारित गरेको विधानलाई ओलीले नमानेको भन्दै मुखले समाजवाद भनेपनि उनी दलाल पुँजीवादको सेवामा तल्लीन रहेको आरोप लगाए ।