चैत २२

आज बिहान ११ बजे बस्ने भनिएको नेकपा माओवादिको स्थायी कमिटी बैठक स्थगित भएको छ। “कांग्रेस र जसपासँग छलफल नगरी निर्णय गर्नुको अर्थ नहुने देखिएकाले बैठक स्थगित गरेका हौं,’ एक स्थायी कमिटी सदस्यले भने।

अधिकांध स्थायी कमिटी सदस्यहरू जिल्ला बाहिर भएकाले स्थगित भएको माओवादी नेता गिरिराजमणी पोखरेलले बताए। गत बिहीबार बसेको काठमाडौंमा उपलब्ध स्थायी कमिटी सदस्यहरूको बैठकले कांग्रेस र जसपालाई सत्ता गठबन्धनका लागि तयार हुन आग्रह गर्ने निर्णय गरेको थियो।
कांग्रेसले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नो नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको थियो। यो निर्णयपछि कांग्रेस र जसपासँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अनौपचारिक छलफल गरिसकेका छन्।

दाहालले शनिबार कपिलवस्तु पुगेर कांग्रेसको निर्णयपछि राजनीतिले कोल्टे फेरेको बताएका थिए।