
चैत २१
नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको हक बञ्चित गर्ने गरी संवैधानिक संकट निम्त्याउन लागेको बताएका छन् ।
शनिबार राप्ती समाज क्यानडाद्वारा काँग्रेस पूर्व महामन्त्री एवम पूर्व गृहमन्त्री स्वर्गीय खुमबहादुर खड्काको तेस्रो स्मृति दिवसको अवसरमा आयोजित भर्चुअल कार्यक्रममा खाणले केपी ओली प्रधानमन्त्री भएदेखि नै संविधानमाथि खेलबाड भएको बताए ।
त्यसैको निरन्तरता अुनसार अन्ततः असंवैधानिक र अलोकतान्त्रिक रुपमा संसद विघटनको दुष्प्रयास गरेको आरोप लगाए ।
यस्तै, उनले काँग्रेस कमजोर भए लोकतन्त्र पनि कमजोर हुने बताए । लोकतन्त्र कमजोर हुदा देश र जनता कमजोर हुने उनको भनाइ छ । यस्तै उनले स्वर्गीय खड्काप्रति श्रद्धा सुमन ब्यक्त गर्दै एक अदम्य इच्छा शक्ति भएको नेताका रुपमा खड्कालाई चित्रण गरे ।
बिपी कोइरालासँग २०३३ साल पुसमा सहमति, सहकार्य र एकताको भावना बोकी सँगै नेपाल आउने व्यक्ति खड्का पनि नरहेको नेता खाणले बताए । खड्कालाई सदैव पार्टीलाई गतिशील बनाउन केन्द्रीकृत हुने नेताको रुपमा उनले चित्रण गरे ।
नेता खाणले नेपाली काँग्रेस को योद्धाहरुको विषयमा धेरै अन्वेषण गर्न र दस्ताबेज बनाएर लिपिबद्ध गर्नुपर्ने संस्थागत दायित्व भएको बताए । कार्यक्रमको सञ्चालन राप्ती समाज क्यानडाको सदस्य निराजन थापा र तरुण दल राप्ती गाउँपालिका अध्यक्ष आशिष पौडेलले गरेका थिए ।