हेटौँडा, १८ फागुन । संयोग पनि कस्तो पर्छ । २०७४ को स्थानीय तह निर्वाचनमा हेटौँडा उपमहानगरपालिकामा मेयरमा उम्मेदवार बनेका दुई उम्मेदवार नेपाली कांग्रेस मकवानपुरको निर्वाचनमा पनि उम्मेदवार बनेका थिए तर फरक पदमा ।
त्यतिखेर कांग्रेसबाट मेयरका उम्मेदवार बनेका थिए आनन्दराम पराजुली र नेकपा मालेबाट उम्मेदवार बनेका थिए भीमसेन महत । मेयरमा दुवै पराजित भए । त्यसपछि नेपाली कांग्रेस प्रवेश गरेका महत कांग्रेस मकवानपुरको सचिवमा भारी मतसहित निर्वाचित भएका छन, जयराम लामिछाने समूहबाट सचिवमा उम्मेदवार महत सभापतिबाहेक समूहका दुई उपसभापति, दुई सचिव र एक सहसचिवसहित निर्वाचित भएका हुन् ।
उता, सभापतिमा उम्मेदवार बनेका पराजुली भने झिनो मतले पराजित भए र दोस्रो चरणको निर्वाचनमा सहभागी हुन रुचाएनन् । उनीसहित उनका प्यानलका सबै पदाधिकारीमा पराजित भए । पराजुली आगामी स्थानी तह निर्वाचनमा पनि नेपाली कांग्रेसबाट हेटौँडा उपमहानगरपालिकामा मेयरका उम्मेदवार भनेर चर्चा कायमै छ ।